त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु

स्वर्णिम खबर
६ भाद्र २०८०, बुधबार १३:२२

६ भाद्र, हेटौँडा । धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । उद्धार गरिएका १७ मध्ये चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १३ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान ११ बजे तिर सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*