देशको समग्र विकासको लागि एमालेको सरकार आवश्यकः नेता ज्ञवाली
२ भाद्र, हेटौँडा । नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले देशको समग्र विकासको लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी हेटौडा–६ को बिस्तारित बैठकलाई सम्वोधन गर्दै नेता ज्ञवालीले बर्तमान सरकारले देशको हितमा काम गर्न नसकेको हुँदा एमाले सरकार आवश्यक परेको बताउनुभयो । एमाले मजदुर, किसान, जनजाती, पिछडिएका बर्गको उत्थान गर्ने पार्टी भएकाले एमालेको सरकारले मात्रै देशको विकास गर्न सक्ने उहाँले दाबी गर्नुभयो । पार्टीलाई २०८४ को निर्वाचनमा बहुमत प्राप्त गर्न सक्ने गरि कार्यकर्ताहरु जनताको माझमा जानु पर्नेमा नेता ज्ञवालीले जोड दिनुभयो । उहाँले पार्टी छाडेर जाने सबैलाई आफनो मुलघर एमालेमा फर्कन आग्रह समेत गर्नुभयो । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालले नितीगत निर्णय गरेर गल्ती गरेकाले कानून बमोजिम कार्वाही हुनुपर्ने नेता ज्ञवालीको भनाई थियो । यसैगरी केन्द्रीय सदस्य रामेश्वर रानाले अव पार्टीका सबै अंगहरु त्रियाशिल हुनुपर्ने बताए । बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोखरेल, भोजराज ढकाल, जिल्ला अध्यक्ष एवम प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौडा–४ का वडा अध्यक्ष एवम जिल्ला सचिव नविन सिग्देल, हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तान, जिल्ल्ला सदस्य विष्णुप्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो । बैठकले पार्टीलाई गतिशिल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । विस्तारित बैठक नेकपा एमाले हेटौडा ६ नंं वडा कमिटिका अध्यक्ष विश्वराज राईको अध्यक्षतामा बसेको थियो ।













