सर्तकता अपनाउन उपमहानगरको आग्रह
२८ साउन, हेटौँडा । शनिबार बिहानदेखि परेको अविरल वर्षाको कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै नगरका विभिन्न क्षेत्रमा बाढी पहिरोको जोखिमका साथै धनजनको क्षती हुने सम्भावना बढ्दै गएकाले नगरबासीलाई सतर्क रहन आग्रह गरेको हो । मौसम विभागका अनुसार भोली सम्म भारी वर्षा हुने भएकाले खोला खहरे एवं पहिरो सम्भावित स्थानका बस्तीहरुमा सर्तकता अपनाउन सूचनामा भनिएको छ । बाढी, पहिरो तथा विपद्को सम्भावना देखिए प्रहरी, जनप्रतिनिधि, सामाजिक संघ संस्थालाई सम्पर्क गरि सुरक्षित उपाय अपनाउन अनुरोध गरिएको जारी सूचनामा उल्लेख छ ।













