मकवानपुरमा पहिरोले पुरिँदा एकजनाको मृत्यु, ६ जना बेपत्ता

स्वर्णिम खबर
२३ श्रावण २०८०, मंगलवार १२:०७

२३ साउन, हेटौँडा । मकवानपुरको सिक्रेदोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ ।
अरु ६ जना अझै बेपत्ता भएका छन् । बिहान ४ बजे बाग्मती गाउँपालिका वडा नम्बर–५ सिक्रेदोभानमा भलसहित आएको पहिरोले घर बगाएको हो । स्थानीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा उद्धार गरिएकी उहाँकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पहिरोमा परि ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उहाँकी छोरी २२ वर्षीया शीला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र पाहुना गएका सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*