शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभुत विद्यालयलाई बस हस्तान्तरण

स्वर्णिम खबर
१७ श्रावण २०८०, बुधबार १८:३६

१७ साउन, हेटौँडा । शिवम् सिमेन्ट उद्योगले हेटौंडा १७ स्थित श्री लक्ष्मी आधारभुत  विद्यालयलाई बस हस्तान्तरण गरेको छ ।
बुधबार विद्यालयको २९ औं अभिभावक भेलाको अवसरमा शिवम्ले विद्यालयलाई ११ लाख ५० हजार लागतको बस हस्तान्तरण गरको हो । उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई बस हस्तान्तरण गरिएको उद्योगका रघुनन्दन मारुले बताउनुभयो । यसैगरी अभिभावक भेलाको अवसरमा विद्यालयका प्रध्यानाध्यापक यदुदेव उपाध्याय सिग्देलले विद्यालयको प्रगति प्रतिवेदन तथा शिक्षक रमेश कुमार घिमिरले आर्थिक वर्ष २०७८÷७९ को आयव्यय विवरण र आर्थिक वर्ष २०८०÷८१ को अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक एवम् विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा १७ नं. वडा अध्यक्ष उद्धव सत्याल प्रमुख अतिथि र उद्योगका रघुनन्दन मारु विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक दिपक दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*