तत्काल हेटौंडा बजार नभत्किने

स्वर्णिम खबर
१५ श्रावण २०८०, सोमबार १७:२३

१५ साउन, हेटौँडा । सडक डिभिजन कार्यालय हेटौंडाले मंगलबारबाट सडक विस्तार नहुने जनाएको छ ।
कार्यालयले सूचना जारी गरेको समय सीमा सोमबारबाट सकिने भएपनि पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो । घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राजेशकुमार यादबले अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने अभियान प्रभावित भएको बताउनुभयो । उहाँले अदालतको आदेश अनुसार निर्णय गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*