जलवायु परिवर्तन सम्बन्धी भइरहेका कामको अवस्थाबारे प्रतिवेदन सार्वजनिक

स्वर्णिम खबर
१४ श्रावण २०८०, आईतवार १५:३३

१४ साउन, काठमाडौँ । नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेका कार्यको अवस्थाबारे नागरिक स्तरको प्रतिवेदन सार्वजनिक भएको छ ।
आईतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेको कार्यको पछिल्लो अवस्थाबारे नागरिक स्तरको प्रतिवेदन सार्वजनिक भएको हो । सार्वजनिक प्रतवेदनमा जलवायु परिवर्तनबाट अहिलेसम्मका असर, त्यसको चुनौति र समाधानका उपाय औंल्याइएको छ । प्रतिवेदनमा नेपाललाई जलवायु परिवर्तन सम्बन्धी समस्या न्युनिकरणका काम गर्न नेपाललाई वार्षिक साढे ४ खर्ब अमेरिकी डलर आवश्यक रहेपनि नेपालले भने ५० अर्ब मात्रै छुट्याइएको र सो रकम ४ खर्बले कम रहेको बताइएको छ । जलवायु परिवर्तनबाट भएको असर कम गर्न पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन कसरी घटाउने भन्नेतर्फ सरकारको ध्यान जान नसक्नु र विद्युतीय सामग्रीको प्रयोगलाई बढाउने बारेमा सोच्न जरुरी देखिएको प्रतिवेदनमा उल्लेख छ । नेपाल पानी सदुपयोग फाउण्डेशनका कार्यकारी संयोजक लालमणि वाग्लेले जलवायु परिवर्तनका असर कम गर्न स्थानीय तहदेखिका समस्याहरुको समाधान हुने किसिमले नीति निर्माण हुन जरुरी रहेको बताउनु भयो । उहाँले नागरिक स्तरको प्रतिवेदनलाई सरोकारवाला निकायहरुले गम्भीरतापूर्वक लिने विश्वास आफूलाई रहेको बताउनु भयो ।


कार्यक्रममा बोल्दै जलवायु तथा विपद् विज्ञ डा.धर्मराज उप्रेतीले जलवायु परिवर्तन सम्बन्धी आउने रकम स्थानीय स्तरमा जानुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका रोकथामसम्बन्धी नीति र योजना बनाउने स्थानीय पालिकाहरुलाई सिधा रकम दिने कुरा भइरहँदा नेपालमा भने त्यस किसिमको संरचना नै नबनाइएकोप्रति गुनासो गर्नुभयो ।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले कामको जिम्मा लिएपछि योजनाअनुसार काम हुन नसकेको गुनासो गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*