उचित मुआब्जा बिना सडक बिस्तार गर्न खोजे प्रतिकारमा उत्रने व्यवसायीहरुको चेतावनी

स्वर्णिम खबर
१३ श्रावण २०८०, शनिबार १८:२५

१३ साउन, हेटौँडा । हेटौंडाको मुख्य बजार क्षेत्रका घरहरु बिना मुआब्जा भत्काउन नदिन उद्योगी, व्यावसायी र घरधनीहरुले शनिबार भेला गरेका छन् ।
हेटौंडाको रातोमाटे देखि चौकिटोल सिरान क्षेत्र र रापतीरोड क्षेत्रका अधिकांश घरधनी, उद्योगी, व्यावसायीहरु, विभिन्न राजनीति दलका नेताहरु सहितले हेटौंडाको मुख्य बजार क्षेत्रमा नारा र जुलुस गर्दै शक्ति प्रदर्शन गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा भएको भेलामा व्यवसायीहरुले आफुलाई विकास विरोधी भनि प्रचार गरिएकोमा आक्रोश पोखेका थिए । आफुहरुको समस्या नगरका जन प्रतिनिधी लगायत राजनीतिक दलले बुझ्न नसकेको उनीहरुले बताएका हुन् ।

घर तथा जग्गाधनी र बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले सडक विस्तार गरे पनि उचित मुआब्जा र क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । क्षतिपूर्ति र मुआब्जा बिना सडक बिस्तार गर्न खोजे प्रतिकारमा उत्रने उनीहरुले चेतावनी समेत दिएका छन् । उचित क्षतीपूर्ती पाउनु मौलिक अधिकार भएको भन्दै नागरिकलाई सुकुम्बासी नबनाउन व्यसायीहरुले आग्रह गरेका छन् ।


मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको भेलामा २५ मिटर सडक बिस्तारका प्रभावित घरधनी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*