हेटौँडाको बुद्धचोकमा किसानहरुको धर्ना

स्वर्णिम खबर
१२ श्रावण २०८०, शुक्रबार २१:२१

१२ साउन, हेटौँडा । गाईबस्तुमा लाग्ने लम्पि स्किन रोगका कारण पिडितबनेका मकवानपुरका किसानहरुले हेटौंडाको मुख्यबजार बुद्धचोकमा प्रदर्शन गरेका छन् ।
शुक्रबार अखिल नेपाल किसान महासंघ मकवानपुरको नेतृत्वमा किसानहरुले लम्पि स्किन रोगको नियन्त्रण, उपचार गर्न र किसानलाई उचित क्षतिपूर्तिको व्यस्था गर्न सरकारसँग माग गर्दे हेटौंडामा प्रदर्शन गरेका हुन् । मकवानपुरमा मकवानपुरगढी गाउँपालिकाबाट देखापरेको लम्पि स्किन रोग अहिले मकवानपुरको १० ओटै पालिकामा फैलिएको छ । महामारीको रुपमा फैलिएको रोगको नियन्त्रणमा सरकार उदासिन बनेको भन्दै किसानहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले महामारी फैलिएका कारण पशुबिमा समेत नभएको र समयमै मल बिउ नपाएको समेत गुनासो गरेका छन् । जिल्लामा २ लाख २१ हजार ७ सय २९ वटा पशुचौपाया रहेकोमा लम्पि स्किन रोगबाट १३ हजार ९ सय ९१ वटा पशुचौपायाहरु सङक्रमित भएका छन् । भने हालसम्म ५ सय १ वटा पशुचौपायाहरुको लम्पि स्किनकै कारण मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*