कैलाशेश्वर सामुदायिक वनद्वारा रानी बनको अवलोकन

स्वर्णिम खबर
१२ श्रावण २०८०, शुक्रबार २१:१८

१२ साउन, हेटौँडा । सामुदायिक वन समूहले गरेका विभिन्न कार्यहरुको अबलोकन गर्न आएको समूहले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेको छ ।
कैलाली जिल्लामा रहेको कैलाशेश्वर सामुदायिक वनले शुक्रवार रानी सामुदायिक वनको अवलोकन गरेको हो । अवलोकन कर्ताहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल र वन हेरालु हरिचन्द्र सापकोटाले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष खड्ग बहादुर सिहको नेतृत्वमा आएको भ्रमण दलमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, वन प्राविधिक, कर्मचारी र उपभोक्ताहरु समेत गरि ३० जनाको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*