एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु सम्मानित

स्वर्णिम खबर
११ श्रावण २०८०, बिहीबार १५:०५

११ साउन, हेटौँडा । एसईईमा मकवानपुरबाट उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाइ निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन प्याब्शनले सम्मान गरेको छ ।
हेटौंडा उपमहानगर क्षेत्रका संस्थागत बिद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने १ सय ७१ जना बिद्यार्थी सम्मानित भएका हुन् । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, प्ययाब्सन बागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, संस्थागत बिद्यालय अभिभावकसंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, प्याब्सन पूर्व अध्यक्ष राजन थापा लगायतकाको आतिथ्यता रहेको थियो । प्याब्सनका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*