कोरा च्यालेन्जको दोश्रो संस्करण आगामी असार ३० गते हुने
२७ असार, हेटौंडा । हिमालयन राइडर्स सोसाइटी मकवानपुरले कोरा च्यालेन्जको दोश्रो संस्करण आगामी असार ३० गते गर्ने भएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सोसाइटीले प्रतियोगिता बारे जानकारी दिएको हो । धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनको उजागर गर्ने उद्देश्यले कोरा च्यालेन्ज गर्न लागिएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । असार ३० गते बिहान ६ बजे हेटौंडाको हुप्राचौरस्थित पशुपति मन्दिरबाट सुरु भई शनी मन्दिर, कुष्माण्ड त्रिवेणीधाम, गोरक्षेश्वर, रुद्रेश्वर, भुटनदेवी मन्दिर २० वटा मन्दिर परिक्रम गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । २५ किलोमिटर धार्मिक साइकल यात्रा गरिने कोरा च्यालेन्जमा २ सय जना साइकलयात्री सहभागी हुनेछन् । कार्यक्रम सम्पन्न गर्नको लागि ४ लाख रुपैंया खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।













