मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन समिति निर्माण

स्वर्णिम खबर
२६ असार २०८०, मंगलवार ०८:२८

२६ असार, हेटौँडा । मकवानपुर क्याम्पस हेटौंडा २ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा समिति निर्माण भएको छ । रोल हेटौँडामा भएको बैठकले क्याम्पसका पुर्व अध्यक्ष एवम बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा समिति निर्माण भएको हो । बागमती प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणा अघि सारेको अवस्थामा मकवानपुर क्याम्पसलाई प्रदेशको विश्व विद्यालय वा सामुदायिक विश्वविद्यालयको रुपमा अघि बढाउने गरि काम अघि बढाउनको लागि समिति निर्माण भएको क्याम्पसका सहायक क्याम्पस प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । समितिले छिट्टै विश्वविद्यालयसंग सम्बन्धित विज्ञहरुसंग छलफल गर्ने पनि उहाँले बताउनुभयो ।
यसैगरी समितिका संयोजक पौडेलले पनि प्रदेशसभाबाट ऐन पारित भइसकेको सन्दर्भमा विश्वविद्यालय बनाउन कुनै समस्या नरहेको बताउनुभयो । सबै पक्षको अध्ययन गरी प्रादेशिक वा सामुदायिक विश्वविद्यालय मध्ये एउटाको निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । क्याम्पससंग जग्गा, भौतिक संरचना लगायत शिक्षकहरुको समस्या नभएकोले विश्व विद्यालयको लागि उपयुक्त हुने संयोजक पौडेलले स्पष्ट पार्नुभयो ।
समितिमा पुर्व अध्यक्षहरु माईकल रामचन्द्र अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान सदस्य रहेका छन भने समितिमा क्याम्पसका साहायक क्याम्पस प्रमुख डाक्टर यम सिलवाल सदस्य सचिव रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*