मकवानपुरको मनहरीमा ट्रक ठोक्किदा आगलागी, तीन जनाको मृत्यु

स्वर्णिम खबर
२३ असार २०८०, शनिबार ०९:२८

२३ असार, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
शनिबार बिहान पौने २ बजेको मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक ठोकिदा दुबै ट्रक जलेको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो । मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं को ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नंको ट्रक एकआपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा मृत्यु हुनेमा ना ६ ख ६६६७ नं को ट्रक चालक चितवन जिल्लाका राप्ति नगरपालिका–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गण्डकी गाउँपालिका–२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना ६ख ६३१ नं को ट्रक सहचालक मकवानपुर जिल्लाका मनहरी गाउँपालिका–३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको उपरीक्षक कार्कीले बताउनुभयो ।


दुईवटा ट्रक ठोकिएर आफै जल्दा ट्रकमा सवार तीन जना बाहिर निस्कन नसकेर ट्रकसंगै जल्दा मृत्यु भएको हो । ट्रकमा जलेका तीन जनाको पुरै सव जलेपछी साना टुक्राहरु मात्र फेला परेको छ । त्यो सवका टुक्राहरु भने हेटौंडा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
आगलागी भएको सवारी निभाउन हेटौंडाबाट दुई वटा दमकल गई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*