यो पटक सडक विस्तार हुन्छः डिभिजन सडक हेटौँडा

स्वर्णिम खबर
२२ असार २०८०, शुक्रबार १८:३०

२२ असार, हेटौँडा । सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक विस्तार गर्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
गत असार १० गते डिभिजन सडक कार्यालय हेटौँडाले ३५ दिनको सूचना जारी गरेपछि पेचिलो बनेको सडक विस्तारको विषयमाथि शुक्रबार सरोकारवालाबीच छलफल भएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको अध्यक्षतामा भएको सर्वपक्षीय छलफल कार्यक्रममा सबैले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा डिभिजन सडक कार्यालय हेटौँडाका डिभिजन प्रमुख राजेश कुमार यादवले असार १० गते प्रकाशन भएको सूचनाको विषयमा जानकारी गराउँदै यो पटक हेटौँडाका घरधनीको माग अनुसार सरकारले २५ मिटरलाई घटाएर २५ गज मात्र बनाएको बताउनुभयो । सुचना प्रकाशन गरिएको ३६ औं दिनदेखि जुनसुकै स्थानबाट संरचना हटाउन सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा मेयर मिना लामाले यो पटक हेटौँडा सडक बिस्तार भएरै छाडने दाबी गर्नुभयो । त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले चालु आवस्थामा राज्यले पीडितलाई मुआब्जा र कुनै क्षतिपूर्ति नदिई घर भत्काउन नहुने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, नेकपा एकीकृत समाजवादी मकवानपुरका धु्रव भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीका विरालराज महत लगायतले आ–आफ्नो धारणा प्रस्तुत गरे ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*