हेटौंडा बजारमा सडक बिस्तार गर्ने उपमहानगरपालिकाको निर्णय

स्वर्णिम खबर
१६ असार २०८०, शनिबार १७:१२

१६ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रको सडक विस्तार गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको छ ।
उपमहानगरपालिकाको शनिबार बसेको १३ औं नगरसभाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मत रुपमा निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो । प्रवक्ता न्यौपाने क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्ने बताउनुभयो । सडक डिभिजन हेटौंडाले सडकको दायाँबायाँ २५–२५ मिटर भित्र रहेका घर टहरा ३५ दिनभित्र हटाउन भन्दै गत असार १० मा सूचना जारी गरेको थियो । सर्वोच्च अदालतको मिति २०७८ पुस १९ गतेको उत्प्रेरण आदेशमार्फत् उक्त खण्डको सडक सीमासडक केन्द्रबाट २५–२५ जग (७५–७५ फिट) कायम भएको, उल्लेख भएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले असार १० मा पुनः सडक क्षेत्रका अतिक्रमित घर टहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*