विश्व वातावरण दिवस २०८० को अवसरमा बृहत साइकल ¥याली

स्वर्णिम खबर
२० जेष्ठ २०८०, शनिबार १६:१०

२० जेठ, हेटौँडा । विश्व वातावरण दिवस २०८० को अवसरमा शनिबार बृहत साइकल ¥याली निकालिएको छ ।
बिट प्लाष्टिक पोलुशन भन्ने मुल नाराको साथ हिमालयन राइर्डस सोसाइटीको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा साइकल ¥याली तथा सरसफाई कार्यक्रम गरिएको हो । ¥यालीमा २ सय जना साइकल यात्रीको सहभागिता रहेको सोसाइटीको सचिव लेखनाथ ढकालले जानकारी दिनुभयो । हेटौंडा हुप्राचौरबाट सुरु भएको साइकल ¥याली एचआइडी, कमाने, रंगशाला , चौघडा, बुद्धचोक हुँदै हेटौंडाको वनस्खण्डी मन्दिरमा सरसफाई गरि सम्पन्न गरिएको सचिव ढकालले बताउनुभयो । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाको प्रमुख आतिथ्यता एवम् शसस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उपमेयर बानियाले हिमालयन राइडर्स सोसाइटीले साइकल संगै सरसफाई अभियान चलाइरहेकोमा धन्यवाद ब्यक्त गर्दै उपमहानगरपालिकाको सदैव साथ र सहयोग रहने बताउनुभयो । हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का अध्यक्ष बिष्णु गोपाल महर्जन, वडा नं ५ का अध्यक्ष शुशिल घिमिरे, बनस्खण्डी मन्दिर संरक्षक समिति अध्यक्ष राममान श्रेष्ठ, बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*