विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले केही सहयोग गरेनः सांसद सिंह
२३ चैत्र, हेटौँडा । मकवानपुर क्षेत्र नं. १ का सांसद् दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताउनुभएको छ ।
बिहीवारको प्रतिनधि सभाको बैठकमा बोल्दै सांसद् सिंहले विदेशबाट बाकसमा शव फर्किएका परिवारका लागि के सोचेको छ ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् सिंहले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गर्नुभयो । उहाँले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारको निर्णय प्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गर्नुभयो ।













