हटियामा रैथाने बिउ प्रदर्शनी तथा साटासाट कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१६ चैत्र २०७९, बिहीबार १७:२६

१६ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर—१७, हटियामा रैथाने बिउ प्रदर्शनी तथा साटासाट कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
श्रृजनशील नेपाल र त्रिशक्ति कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा हेटौंडा १६, १७ र १८ का २७ वटा महिला कृषि समूहहरुबीच रैथाने बीउ प्रदर्शनी तथा साटासाट गरिएको हो । हेटौंडा उपमहानगरपालिका, प्यान, एपेक्स नेपालको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । श्रृजनशिल नेपालकी अध्यक्ष शान्ता बारालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलानले रैथाने बीउको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । रैथाने बीउको संरक्षणमा स्थानीय सरकारले सहयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष रामकृष्ण कोइराला,वडा नम्बर १८ का अध्यक्ष अनिल कुमार बानिँया लगायतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*