सरकार फेरबदल हुँदैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
५ बैशाख २०८२, शुक्रबार १७:५०

५ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।
शुक्रवार चितवनको इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनलाई उद्घाटन गर्दै उहाँले ढुक्कका साथ विकास निर्माणको काममा जुट्न आग्रह गर्नुभएको हो । उहाँले आफूहरूले नै देशको विकास र देशलाई सुशासनयुक्त बनाउने दाबी गर्दै नेपाललाई समृद्ध देश र सबै नेपालीलाई खुशी बनाउने बताउनु भयो । उहाँले आफूहरूको गन्तव्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताउँदै यसले धेरै कुरा ओगट्ने समेत जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको बताउनु भयो । उहाँले संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन तथा विकास गर्न पुराना इतिहास बोकेका पार्टी नेपाली काँग्रेस र नेकपा एमाले एक भएको दाबी गर्नुभयो ।
उहाँले देशमा सुशासन ल्याउन र विकास गर्न जरुरी रहेकाले आफूहरू एक भएको समेत जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*