बिरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखदः प्रधानमन्त्री ओली
२० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार टे«ड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताउनुभयो । उहाँले राम्रो काम गर्नेहरुलाई जसरी पनि बिरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले राम्रो काम गर्नेहरुलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले अहिले पनि युवाहरुलाई लक्षित गरेर एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको बताउनुभयो । कतिपय गैरसरकारी अस्पतालहरुमा नर्सहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो सुनेको समेत उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यवसायिकता भएको बताउनुभयो ।













