दुई तिहाईको सरकारलाई साना मसिना पार्टी फुटाउन जरुरत छैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
३० माघ २०८१, बुधबार १९:१८

३० माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताउनुभएको छ ।
बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउनुभयो । उहाँले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पार्नुभयो । उहाँले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पु¥यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताउनु भयो । राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताउनु भयो ।
यसैगरी प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताउनुभयो । उहाँले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको दाबी गर्नुभयो ।
उहाँले ‘अगतिला तत्व’लाई बोकेर पार लगाउन नसकिने निस्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताउनु भयो । समाजवादी मोर्चाप्रति लक्षित गर्दै उहाँले हात्तीको शिकार गर्न १०÷१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पाणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले सरकारले कानूनी र संरचनागत रुपमा विकासका योजनाहरु अघि बढाइरहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*