शिक्षा क्षेत्र बरालिएको छः पूर्वराष्ट्रपति भण्डारी

स्वर्णिम खबर
२५ माघ २०८१, शुक्रबार १८:१४

२५ माघ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताउनुभएको छ ।
शुक्रवार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताउनुभयो । माध्यमिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने उहाँको भनाई छ ।
पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा प्रणालीमा अमुल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताउनु भयो । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले देश विकास गर्ने अनुकुल समय अहिले रहेको बताउनुभयो । विगतमा तीन÷तीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी भएको उहाँले उल्लेख गर्नुभयो । पूर्व राष्ट्रपति भण्डारीले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताउनु भयो ।
उहाँले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*