पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले काम गर्न सकेनः मन्त्री गुरुङ

स्वर्णिम खबर
१३ माघ २०८१, आईतवार १८:१५

१३ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन र कानूनहरु एक वर्षभित्र संशोधन गरिसक्ने घोषणा गर्नुभएको छ ।
आईतवार काठमाडौंमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पुराना ऐन र कानूनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको बताउनुभयो ।
उहाँले हुलाक सेवाको सुधारको लागि नयाँ ऐन र नीति नबनाइकन नहुने उल्लेख गर्दै सरकारले हुलाक नीति ल्याउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । पुराना ऐन र कानुनहरुको आफूअनुकुल नियमावली ल्याउँदै प्रयोग गरेको कारणले विभिन्न समयमा दुर्घटना हुने गरेको उहाँको भनाई छ । मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि नेपाल ऐन र कानूनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको बताउनुभयो ।
उहाँले सबै स्थानीय तहहरुमा हुलाक सेवा पुग्नु आफैंमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*