राष्ट्रपति पौडेलद्वारा फाष्ट ट्रयाकको अवलोकन

स्वर्णिम खबर
४ माघ २०८१, शुक्रबार १७:०४

४ माघ, हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उहाँ मकवानपुरको बकैयामा आउनुभएको हो । राष्ट्रपति पौडेलले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुतमार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनुभएको छ । नेपाली सेनाको प्रतिनिधिले अहिलेसम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।
मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधि भित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिनुभयो ।
काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*