राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच शिष्टाचार भेट

स्वर्णिम खबर
११ बैशाख २०८१, मंगलवार १८:५१

११ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलवार राष्ट्रपति भवन शितल निवासमा द्विपक्षीय भेटवार्ता भएको हो । राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल पुग्नुभएको थियो । विमानस्थलबाट राजा थानी सिधा शितलनिवासमा जानुभएको थियो । भेटमा दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ । नेपाल र कतारबिच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।
भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रसचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवं सल्लाहकार सहभागी रहनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*