नागरिकले अहिलेको गठबन्धनसँग वाक्कदिक्क भइसकेको बताएः अध्यक्ष ओली

स्वर्णिम खबर
१७ मंसिर २०८०, आईतवार १९:१४

१७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताउनुभएको छ ।
आईतवार महाकाली—मेची अभियानअन्तर्गत दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गर्नुभयो । उहाँले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गर्नुभयो । उहाँले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरु लोकतन्त्रबिरोधी रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले महाकाली—मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*