वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौंः सभापति लामिछाने

स्वर्णिम खबर
१३ मंसिर २०८०, बुधबार १९:११

१३ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउनुभएको छ ।
बुधवार जनकपुर धाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानले अहिलेको शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताउनुभयो । उहाँले शासकीय स्वरुपमा भएका कमी र कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने उल्लखे गर्नुभयो । सभापति लामिछानेले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम आफूहरुले काम गर्ने पनि बताउनु भयो । उहाँले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढीरहेको पनि दाबी गर्नुभयो ।

यसैगरी रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य रहेको केन्द्रिय सदस्य डा. स्वर्णिम वाग्लेले बताउनुभयो । शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको उहाँले बताउनुभयो । विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रस्ताव पारित गरिएको सांसद् वाग्लेले उल्लेख गर्नुभयो ।

महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको बैठकबाट रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । रास्वपाका १४ जना सांसदहरूलाई केन्द्रिय कार्यसमितिमा मनोनीत गरेपछि केन्द्रीय समिति सदस्यको कुल संख्या ५२ सदस्यीय पुगेको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*