प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार छुः ओली

स्वर्णिम खबर
२२ असार २०८०, शुक्रबार १७:१६

२२ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा गुप्तचरसंगको भेटलाई प्रधानमन्त्रीले लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको बताउनुभयो । अध्यक्ष ओलीले नेपाली जनता र नेपाली संसदबाट चुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौमसत्ता माथि ठट्टा गरिएको बताउनु भयो । उहाँले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको समेत जिकिर गर्नुभयो । नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हीतहरुलाई जन्मदिनको केक झैँ काटेको बताउनु भयो । उहाँले राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको उल्लेख गर्नुभयो । उहाँले संविधानअनुसार अघि बढाउनुपर्ने विषय मन्त्रीपरिषद्बाट पठाइनु विश्वकै इतिहासमा नौलो भएको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन सत्ताको उन्मातमा रुमल्ल्एिको बताउनु भयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्ष पोषण गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमतताका घटनाहरुको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*