नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँः उपविदेशमन्त्री भिक्टोरिया

स्वर्णिम खबर
१६ माघ २०७९, सोमबार १८:३३

१६ माघ, काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ ।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताउनु भयो । उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साईबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हीतका विषयमा निरन्तरता दिने उल्लेख गर्नुभयो । उपविदेशमन्त्री भिक्टोरियाले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पु¥याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताउनुभयो ।
सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नुभएको थियो । सोमबार नै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*