हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सम्झौता

स्वर्णिम खबर
२० मंसिर २०७९, मंगलवार १८:२२

२० मंसिर, हेटौँडा । हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ ।
मृगौला अङ्ग प्रत्यारोपण डायलासिस सेवा विस्तारका लागि सहकार्य गर्नका लागि त्रिपक्षिय संझौता पत्रमा आज हस्ताक्षर गरिएको छ । अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अङ्ग प्रत्यारोपण गर्नका लागि पनि संझौता पत्रमा हस्ताक्षर गरिएको हो । मंगलबार हेटौंडा अस्पतालमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामासहीतको उपस्थितिमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आज संझौता भएसंगै काम पनि तत्काल अगाडी बढाइने बताइएको छ । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डेले काम गर्ने इच्छा सक्ति हुँदा पैसाको कुनैपनि अभाव हुन नदिने बताउनुभयो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् । मृगौला प्रत्यारोपन केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट छुटएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*