प्रेस चौतारी मकवानपुरको तीज विशेष कार्यक्रम सम्पन्न
८ भाद्र, हेटौँडा । प्रेस चौतारी मकवानपुरको आयोजनामा बुधबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा तीज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य पार्वती राना, जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, हेटौंडा–११ का वडा अध्यक्ष जुना दाहाल, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल, अर्का सचिवालय सदस्य तथा प्रचार बिभागका प्रमुख धुर्ब प्रसाद चौलागाई, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सरिता दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।














