आदिवासीलाई अधिकार र सुविधा दिलाउने कार्यमा सरकार सदैव क्रियाशीलः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
२३ श्रावण २०७९, सोमबार १८:३७

२३ श्रावण, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताउनु भएको छ ।
२८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताउनु भयो । आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उहाँले स्मरण गराउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिहरुको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले काँग्रेसले त्यस विषयमा गम्भिर भएर काम गरिरहेको दावी गर्नु भयो । उहाँले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजातिहरु अटाउन नसक्ने जिकीर समेत गर्नु भयो । काँग्रेसले मात्रै उनीहरुको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाई थियो ।
महामन्त्री थापाले आफ्नो पार्टीले जनजातिहरुको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*