मकवानपुर क्याम्पसका संस्थापक प्रमुखको प्रतिमा अनावरण

स्वर्णिम खबर
३० असार २०७९, बिहीबार १७:५१

३० असार, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा बिहीबार अनावरण गरिएको छ ।
मकवानपुर बहुमुखी क्याम्पस आल्मुनाई एसोसिएसनको अग्रसरतामा संस्थापक प्रमुख श्रेष्ठको प्रतिमा निर्माण भएको हो । श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्त रुपमा अनावरण गर्नुभएको हो । मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेलले श्रेष्ठको अर्धकदको प्रतिमा बनाउनुभएको क्याम्पस आल्मुनाई एसोसिएसनका अध्यक्ष प्रताप विष्टले बताउनुभयो । २०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गरेको हो । क्याम्पस सञ्चालन गर्ने तयारी भए पनि दक्ष जनशक्तिको अभावमा मुकुन्द दास श्रेष्ठ त्रिचन्द्र क्याम्पसबाट काजमा मकवानपुर क्याम्पसमा आउनुभएको थियो । स्थापना कालदेखि २०४५ साल माघ १० गतेसम्म श्रेष्ठले मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख भएर काम गर्नुभएको थियो । श्रेष्ठको २०७२ सालको भूकम्पमा परि निधन भएको थियो । प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोेग गरेको छ भने क्याम्पसले ५५ हजार रुपैयाँ, मकवानपुर बहुमुखी एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले ५४ हजार रुपैयाँ, क्याम्पसका प्राध्यापकहरुले ३५ हजार रुपैयाँ सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*