हटियाको खानेपानी आयोजना हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

स्वर्णिम खबर
३ असार २०७८, बिहीबार १२:५०

३ असार, हेटौँडा । चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता समिती हेटौंडा १६ स्थित हटियामा संचालित खानेपानी आयोजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ ।
विहिवार चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता समितीको आयोजनामा भएको हस्तातरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण काईरालाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई हस्तान्तरण गर्नुभएको हो । २०५८ साल देखी संचालनमा आएको खानेपानी आयोजनाबाट ५ सय ९८ घरधुरीका मानिसहरु लाभान्वित हुँदै आएका छन् । चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष रामकृष्ण तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा खानेपानी वोर्डका कार्यकारी निर्देशक सुर्दशन ढकाल, चिसापानी बचत तथा सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, नगरकार्यपालिका सदस्य कृष्ण बहादुर राई ,समितीका लेखा समितीका सदस्य मोहन प्रसाद बस्ताकोटी, प्रणामी टोल विकास संस्थाका अध्यक्ष रमेश ढकाल लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*