पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय

स्वर्णिम खबर
१८ जेष्ठ २०७८, मंगलवार १८:५०

१८ जेठ, काठमाडौं । नेकपा(एमाले)ले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि भइरहेका छलफलहरुको समिक्षा गर्दै पार्टी एकताको निम्ति अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । एकता जोगाउन बनेको कार्यदलमा परेका केही नेता कारबाहीमा परेको अवस्थामा कार्यदल अस्तित्वमा नरहेको स्पष्ट पार्दै उहाँले पार्टी एकता बचाउनको निम्ति नेताहरुबीच कुराकानी भने भइरहेको बताउनुभयो । बैठकले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्नका निम्ति दबाब दिईएको भन्दै त्यस्तो दबाव स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल नखाने भएकाले यस्तो गतिविधि गर्नु नहुने निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले बजेट जनताको चाहाना अनुसारको अहिलेको आवश्यकतालाई पुर्ति गर्नेगरी आएको निष्कर्ष निकालेको छ । लुम्बिनीमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीलाई अन्र्तघात भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*