नेकपा सचिवालय बैठक सकियो, प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रतिवेदन पेश गर्ने

स्वर्णिम खबर
३ मंसिर २०७७, बुधबार १५:४७

३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । पार्टीभित्र देखिएको संकट र त्यसको निवारणका लागि यसअघि प्रस्तुत सबै प्रस्ताव र ओलीले ल्याउने प्रस्तावमा समेत आगामी बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । १३ गतेको बैठकमा ओली र यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र अन्य प्रतिवेदनहरुमाथि छलफल हुनेछ । यस्तै यसअघि मंसिर १५ गतेका लागि सारिएको केन्द्रीय कमिटी बैठक पुनः १० दिन पर सारिएको छ । बैठक २५ गते बस्ने निर्णय नेकपा सचिवालयले गरेको हो । केन्द्रिय कमिटी बैठक अघि मंसिर १८ गते स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*