नमुना सडक निर्माण भएसगै स्थानीयलाई सहज

स्वर्णिम खबर
२२ माघ २०८२, बुधबार १८:२९

२१ माघ, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नं. १४ मा नगरकै नमुना सडक निर्माण भएसगै त्यस क्षेत्रका स्थानीय बासिन्दालाई सहज भएको छ ।
बर्षायाममा आवात जावतमा समस्या हुने गरेको यस सडकमा अहिले आवातजावत सहज भएको छ । विशेष गरी यस सडकबाट उत्तरपानी, कालापानीका स्थानीय बासिन्दा बढी लाभान्वित भएका छन् । बागमती प्रदेश सरकारको समपुरक बजेट मार्फत निर्माण भएको यो सडकको चौडाई १२ मिटर रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा यस सडकको लागि ३ करोड बजेट विनियोजन भएकोमा १ करोड ९१ लाखमा ठेक्का सम्झौता भई निर्माण कार्य सम्पन्न भएको १४ नं. वडा अध्यक्ष दिपक खड्काले बताउनुभयो ।
उहाँका अनुसार यस सडकलाई नमुना सडकको बनाउने योजना सहित रुखहरु रोप्नका लागि बजेट समेत छुट्याईएको छ । १४ नं. वडा कार्यसम्पादनको हिसाबले नगरकै सफल वडा रहेको बताउनुहुँदै उहाँले जनताको चाहना र आवश्यकता अनुसार नै वडाले काम गरिरहेको दाबी गर्नुभयो । अध्यक्ष खड्काले कुखरेनी खोलामा पुल निर्माणको लागि टेण्डरको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो ।
यो सडकको दायाँवायाँको जग्गा प्रस्ताबित मयुरधाप औद्योगीक क्षेत्रको नाममा गइसकेको छ । यो सडक संजाल निर्माण संगै औद्योगिक क्षेत्रको लागि समेत सहज हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*