जिरीले २०२५ लाई भ्रमण वर्षको रुपमा मनाउदै

आरती ढकाल
२९ बैशाख २०८२, सोमबार १७:१९

२९ वैशाख, दोलखा । दोलखा जिल्लाको जिरी नगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षको रुपमा मनाईरहेको छ ।
यस आर्थिक वर्षमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरि करिव ५० हजार पर्यटक भित्राउने लक्ष्य नगरपालिकाको रहेको छ । शान्त वातावरण, हरियाली पहाडहरू, हिमाली दृश्यहरू र सांस्कृतिक विविधता यस क्षेत्रको प्रमुख आकर्षण हुन् ।
प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको जिरी नगरपालिका समुद्रि सतह देखि १,९०५ मिटरको उचाइमा अवस्थित छ । हरियाली पहाडहरू, हिमाली दृश्यहरू, र स्वच्छ वातावरणका लागि प्रसिद्ध रहेकोले यस क्षेत्रलाई “नेपालको स्विट्जरल्यान्ड” पनि भनिएको हो । जिरेल जातको थातथलोको रुपमा रहेको यस नगरपालिकामा ब्राम्हण, क्षेत्री, सुनुवार, शेर्पा, तामाङ, नेवार, दलित लगायतका जातजातीहरुको मुख्य बसोवास रहेको छ ।
विगतमा सगरमाथाको प्रवेश द्धारको रुपमा रहेको जिरी स्वदेशी तथा विदेशि पर्यटकको आकषर्ण केन्द्र हो । यस क्षेत्रको बारेमा जानकारी गराउनको साथै होटल व्यवसायिलाई प्रवद्धनको लागी सन् २०२५ लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाउन लागिएको जिरी नगरपालिककाका उपप्रमुख कृष्ण माया बुढाथोकीले बताउनुभयो ।


दोलखा जिल्लाको सदरमुकाम चरिकोट देखि ५५ किलोमिरटरमा रहेको जिरी बजार स्थानीय हस्तकला, अर्गानिक उत्पादनहरू, र परम्परागत सामग्रीहरू पाइने स्थान हो । २११ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको यस नगरपालिकामा कुल १६ हजार को जनसंस्या रहेको छ । भुगोलको हिसावले ठूलो रहेको यस क्षेत्रमा जिरी भ्रमण वर्ष २०२५ ले दोलखा जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उपप्रमुख बुढाथोकीले बताउनुभयो ।


१६ औं शताब्दीमा स्थापना भएको बौद्ध गुम्बा, जसले धार्मिक र सांस्कृतिक महत्व राख्दछ थोडुङ गुम्बा यहाको अर्को गन्दव्य हो । स्विस सहयोगमा स्थापना भएका यहाँका गाई आनुवांशिक श्रोत केन्द्र, जहाँ स्थानीय उत्पादनहरू चीज र चुर्पी कारखानाको पनि अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र साहसिक गतिविधिहरूको संगमले जिरीलाई पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*