नेशनल जनसम्पर्क कमिटी चेयर पर्शन पदमा पुडासैनी मनोनित
२५ माघ, हेटौँडा । नेपाल जेसिजले बर्ष २०२५ का लागि नेशनल जनसम्पर्क कमिटी चेयर पर्शन पदमा मकवानपुर गढी जेसिज बर्ष २०२४ का अध्यक्ष बिजय पुडासैनीलाई मनोनित गरेको छ ।
नेपाल जेसिजको बिहीबार बसेको बोर्ड बैठकले पुडासैनीलाई मनोनित गरेको हो । जेसिजले पुडासैनीलाई पत्र पठाएर मनोनित गरेको ब्योहोरा जानकारी दिएको छ । नेपाल जेसिजले देशभरका एकसय चौराशी शाखासंग समन्वय गर्दै जेसिजको भुमिका सक्रिय बनाउन दिएको जिम्मेवारी पुरा गर्ने पुडासैनीले बताउनुभयो ।
आफुलाई मनोनित गरेकोमा नेपाल जेसिज बर्ष २०२५ का राष्ट्रिय अध्यक्ष रजनि थापा, महासचिब बिकेशलाल श्रेष्ठ सहित सम्पुर्ण बोर्ड पदाधिकारीहरुलाई पुडासैनीले आभार प्रकट गर्नुभयो ।














