टिम टेलिभिजनका सम्पादक अधिकारी सम्मानित

स्वर्णिम खबर
१५ माघ २०८१, मंगलवार २०:४०

१५ माघ, हेटौँडा । चैनपुर जेसिज मनहरीले टिम टेलिभिजनका सम्पादक बालकृष्ण अधिकारीलाई नगद १० हजार राशीको पुरस्कारबाट सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट मकवानपुरको विकासमा योगदान पु¥याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । जेसिजका बर्ष २०२५ का अध्यक्ष श्री कृष्ण ढकालले पिता स्वर्गीय माधब ढकालको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कार जेसिजको दोस्रो पद हस्तान्तण तथा पुरस्कार वितरण समारोहमा अधिकारीलाई प्रदान गरिएको हो ।
स्वर्गीय ढकाल मकवानपुरको ग्रामीण भेगमा रहेर शिक्षा क्षेत्रको विकासमा सक्रीय ब्यक्तित्व हुनुहुन्थ्यो । पद हस्तान्तरण समारोहमा चैनपुर जेसिज मनहरीको बर्ष २०२४ का अध्यक्ष रबिन ढकालले बर्ष २०२५ का अध्यक्ष श्री कृष्ण ढकाललाई पद हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा मनहरी गाउककंपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जेसिजले युवाहरुमा नेतृत्व क्षमता विकास गरेको भन्दै नेतृत्व हस्तान्तरण र विधीको अनुशरण अनुकरणीय रहेको स्मरण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*