तरकारी बिक्री नहुँदा व्यवसायी निराश, व्यवसायी भन्छनः स्थान पायक भएन
२ मंसिर, हेटौँडा । हेटौंडा १ स्थित नदी उकास क्षेत्रको थोक तरकारी बजारमा तरकारी बिक्री नहुँदा व्यवसायी निराश बनेका छन् ।
तरकारी बिक्री नभएपछि व्यवसायीले हेटौंडा–९ स्थित मानवसेवा आश्रमलाई तरकारी वितरण गरेका छन् । तरकारी बिक्री नभएपछि सबै व्यवसायीले आश्रमलाई तरकारी पठाएको तरकारी तथा फलफूल व्यवसायी संघ मकवानपुरका सल्लाहकार दशरथ मर्हजनले बताउनुभयो । बिक्रि नभएका साग सुकाएर गुन्दु्रक हालिएको छ । बजार पायक नभएका कारण तरकारी व्यापार अपेक्षीत रुपमा नभएको व्यवसायीको गुनासो छ ।

पहिलाको स्थानमा भन्दा यता तरकारीको बिक्री ५० प्रतिशतले घटेको व्यसायीले बताएका छन् । थोक बजारमा बिहान एकछिन व्यापार भएपनि दिनभर सुनसान हुने गरेको व्यवसायी बताउँछन् । हेटौंडाको तरकारीको मुख्य बिक्री केन्द्रका रुपमा रहेको यस थोक बजारमा तरकारी बिक्री कम हुँदा यसको प्रभाव किसानलाई समेत परेको छ ।














